नेपाल-भारत सिमाको नयाँ प्रविधिबाट नापनक्सा गर्न संयुक्त सहमति
नेपाल-भारत सिमाको नयाँ प्रविधिबाट नापनक्सा गर्न संयुक्त सहमति

नेपाल-भारत संयुक्त सीमा कार्यदलले आउँदो महिना काठमाडौंमा सर्भे अधिकृतहरूको कमिटीको बैठक गर्ने सहमति जुटाएको छ।
समितिले सीमाको सुपरीवेक्षण, पिलरहरूको मर्मत गर्ने सम्बन्धि नयाँ तौर तरिकाहरूलाई स्वीकार गरेको छ। दुई देशले नयाँ प्रविधिको प्रयोग गरेर सीमाको सर्भे गर्ने र नक्सांकन गर्ने विषयमा पनि सहमति जुटाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
कार्यदलको बैठकमा नेपालका तर्फबाट नापी विभागका महानिर्देशक प्रकाश जोशी र भारतका तर्फबाट हितेशकुमार मकवानाले नेतृत्व गरेका थिए।
‘अब सीमा निरीक्षण, दशगजा क्षेत्रमा भएका गतिविधिको निगरानी, जिपिएसबाट सीमाका पिलरहरुको निरीक्षण लगायतका काम हुनेछन।
Comments
Post a Comment