घर/भवनको नक्सा पासका लागि के के कागजात चाहिन्छ ? जान्नुहोस
२. चालु आर्थिक बर्षको मालपोत/सम्पत्ती कर तिरेको रसिदको प्रतिलिपि
३. ज.ध दर्ता प्रमाण पुर्जामा फोटो नभएको भाए नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि
४. कि.नं. स्पष्ट भएको नापी कार्यालयबाट प्रमाणित नक्सा (कम्प्युटर प्रिन्ट नक्सा)
५. पास गरिने नक्साको फोटोकपी वा ब्लुप्रिन्ट (डिजाईनर र नक्सावालाको हस्ताक्षर सहित)
६. डिजाईनरको इजाजतपत्रको नबिकरण सहितको फोटोकपी(सरोकारवालाबाट प्रमाणित)
७. मञ्जुरी लिई बनाउने भएमा नक्शा वालाले वडा कार्यालयमा मुद्दा शाखाको रोहवरमा भएको मञ्जुरीनामाको सक्कल
८. भवन निर्माण हुने जग्गा (site) मा पुग्ने बाटो प्रष्ट नभएमा वडाको रोहवरमा बाटोको मञ्जुरीनामाको (सक्कल) ९. जग्गा कुनै निकायम धितोको लागि सुरक्षित राखिएको भए सम्बन्धित निकयाबाट स्वीकृतिपत्र
१०. नक्शावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृतिपत्र ११. वारेश राखि नक्शा पास गर्ने भए वारिसको पप्रमाणितको प्रतिलिपि
पुन: निर्माण गर्न आवश्यक कागजातहरु
१. नापी नक्सामा देखिएको तर नक्शा पास नभएको खण्डमा Existing Building को भुई तल्ला प्लान चार तिरको एलिभेसन र साइट पेश गर्नुपर्नेछ /
२. कागजातको हकमा नयाँ नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्नेछ
तल्ला थप गर्न आवश्यक कागजातहरु
१. पहिले पास गरेको नक्सा र प्रमाणपत्रको फोटोकपी
२. चालु आर्थिक बर्षसम्मको घर जग्गा कर तिरेको रसिदको प्रतिलिपि
३. अन्य कागजातको हकमा नयाँ नक्शा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्नेछ
भवन निर्माण सम्पन्नको लागि अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु
१. पहिले पास गरेको नक्सा र प्रमाणपत्रको फोटोकपी
२. जग्गाधनी दर्ता प्रमाणपुर्जा प्रमाणित प्रतिलिपि
३. चालु आर्थिक बर्षको मालपोत/सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपि
४. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि
५. निर्माण भएको भवनको चारै तिर बाट खिचेको फोटो
६. निबेदन
७. घर धनीको पि. पि. साईजको फोटो २ प्रति
८. रेकड फाईल
नक्शा नामसारीको लागि अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु
१. पहिलो पास गरेको नक्सा र प्रमाणपत्रको सक्कलै र फोटोकपी
२. जागा धनी प्रमाणपत्र प्रमाणित प्रतिलिपि
३. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि
४. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि
५. लिखत राजीनामाको फोटोकपी
६. निबेदन
७. घर धनीको पासपोर्ट साईजको फोटो २ प्रति
८. रेकड फाईल


Comments
Post a Comment