पु:न नापी भनेको के हो? नेपालमा पु:न नापीको अवस्था कस्तो छ?
- ताजा
- लोकप्रिय
बेलका नगरका ११ भूमिहीन परिवारले पाए जग्गाधनी लालपुर्जा
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
तनहुँमा दुई जनाको मृत्यु
नरैनापुरमा झन्डै दस हजार बालबालिकाले लगाए दादुराविरुद्धको खोप
नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, एक्सेल डेभलपमेन्ट बैंकको तेस्रो महाधिवेशन सम्पन्न
भारतीय नक्कली नोटको कारोबार गरेको आशङ्कामा जिफन्टका सचिव पक्राउ
शीर्ष स्थानमा रहेको नापोलीलाई १२ अंकको अग्रता
आल्भेससँग मेक्सिकन क्लबले गर्यो सम्झौता रद्द
पहिलेको नापनक्सामा भन्दा कम त्रुटि होस् भनेर ०५२/५३ सालदेखि पुनः नापी सुरु गरिएको छ ।जग्गा नापजाँच ऐनले पुनः नापीको भने अधिकार दिएको छ ।
पहिले एकैचोटि सबैतिर जग्गा नापिएको थिएन, वडाको सिमाना अनुसार नापिएको थियो । मानौँ, सिमानामा खोला थियो, पछि खोलाले धार बदल्यो र अर्को वडामा जग्गा पर्यो।
अर्को वडामा अर्को व्यक्तिले नापजाँच गर्दा खोलाले धार बदलेको स्थानको जग्गा दोहो¥याएर नापियो, पहिले खेतबारी भनिएको ठाउँलाई अर्कोले फिल्ड बुकमा बगर लेखिदियो । यसकारण पनि अहिले समस्या आएका हुन सक्छन् । पहिले नै दुवै वडाको अवस्था हेरेर नापी गरेको भए समस्या आउँदैनथ्यो । एकसरो नापजाँच सकिँदा पनि एकै ठाउँमा गुजुमुज्जु घर भएका गाउँलाई ‘गाउँब्लक’का रूपमा सिंगो नापजाँच गरियो तर प्रत्येक व्यक्तिलाई लालपुर्जा बाँडिएन ।
सुरुदेखि २०३० सालभित्र उपत्यका र तराईमा जग्गा नापजाँचको काम सकिएको थियो । हदबन्दीलाई हेरेर त्यतिबेला बढी उर्वर र महत्त्वपूर्ण जग्गालाई प्राथमिकता दिइएको हुन सक्छ । जति बेला महत्त्वपूर्ण ठाउँको नापजाँच भयो, त्यतिबेलै गतिलो प्रविधि थिएन । पुनः नापी पनि यही ठाउँमा केन्द्रित गरियो । पुनः नापी गर्दा केही कानुनी अस्पष्टता अनुभूत भइरहेको छ।
पहिले एउटा ठाउँलाई केन्द्र मानेर नापिन्थ्यो भने अहिले सबै ठाउँलाई मिलाएर वा हेरेर नाप्नुपर्ने भयो, यसकारण पुनः नापीका जटिलता छन् । यद्यपि गाउँब्लकको नापजाँचलाई अन्तिम चरणमा पुर्याईएको छ ।
एउटा बस्तीमा हजार जना बस्छन्, ५० जना बेनिस्सा (प्रमाण नभएका) र स्वबासी (प्रमाण भएका, लालपुर्जा नभएका) छन् भने उनीहरूलाई मात्रै छानेर जग्गा नापजाँच गर्ने कानुनी व्यवस्था छैन, सबैको गर्नुपर्छ । यसकारण कतिपयले लालपुर्जा पाउन ढिलो भइरहेको छ । पुनः नापी चलिरहेको ठाउँमा त यस्ता छुट जग्गाको नापजाँच भइरहेकै छ । तर, पुनः नापी हुँदा पहिले नै गौचरन वा सार्वजनिक आदि उल्लेख भएको जग्गाको नापजाँच गर्ने अधिकार विभागलाई छैन ।
कुनै व्यक्तिको जग्गाको नापजाँच भएको छैन भने, त्यस्तो किन भयो भनेर जान्न सम्पूर्ण केस हेर्नैपर्छ । पहिले एउटा जिल्लामा जति आवादी थियो, त्यति नै जग्गाको नापी भयो । पछि आवादी बढ्यो र त्यहाँ बस्नेहरूको नापजाँच बाँकी रहेको हुन सक्छ ।
पहिलेका गोश्वारा भंग भएर अहिले नापी कार्यालय बनेका छन् । अहिले केही नापी कार्यालयले गाउँब्लकको काम गरिरहेका छन्, बाँकीले पुनः नापजाँचको काम गरिरहेका छ


Comments
Post a Comment