लोकसेवा आयोग अन्तर्वार्तामा कसरी प्रस्तुत हुने? जान्नुहोस यि महत्वपूर्ण कुराहरु



कतिपय व्यक्तिहरु अर्न्तवार्ता भनेपछी डर मान्ने, अर्न्तवार्ताकार सङ्ग कसरी प्रस्तुत हुने ज्ञान नभएको साथै जानेका प्रश्न पनि उत्तर दिने नसक्ने स्वभावका हुन्छन। यदि तपाईहरुले तल उल्लेखित कुरा हरुमा ध्यान दिनु भयो भने पक्कै पनि तपाईको अर्न्तवार्ता सफल बन्ने छ।

१)अन्तर्वार्तामा वोर्डमा प्रस्तुत हुनुअघी सफा सुग्घर रहनुहोस।

२)आफ्नो पोशाकमा ध्यान दीनुहोस।

३)अन्तर्वार्ता मा आफ्नो पक्षबाट सफल रहन शीष्टाचार, सौहार्दतापुर्वक व्यवहार गर्नुहोस।

४)बडप्पन हटाउनुहोस।

५)मुस्कुराउनु होस र खुशी रहनुहोस।

६)स्पष्ट सुनीने गरि बोल्नुहोस।

७)अन्तर्वार्ता वोर्डमा अध्यक्ष एवं सदस्यहरु तपाइ सङ्ग बोलीरहदा सर्तक रहनुहोस।

८) बादबीबाद नगर्नुहोस् ।

९)झुठो नबोल्नु होस, घमण्ड नदेखाउनुहोस।

१०)आमबीश्वास एवं आशाका साथ कार्य गर्नुहोस।

११) अन्तर्वार्ता बोर्ड समक्ष प्रस्तुत हुनुअघी आफ्नो दर्खास्त फारममा उल्लेखीत प्रश्नहरूको जवाफवारे मानसिक रुपमा तयार रहनुहोस।

१२)अन्तर्वार्ता वोर्डले अघिल्लो व्यक्तीलाइ सोधेको प्रश्नका जवाफ थाहा पाई जवाफ दीने प्रयत्न नगर्नुहोस। यसले मात्र तपाइलाइ अनावश्यक शंका एवं तपाइको आत्मबीश्वासमा असर पार्छ।

१३) अन्तर्वार्ता कक्षमा प्रवेश गर्दा तनावमुक्त रहनुहोस।

१४) तपाइको पोसाक तपाइको ब्यक्तीत्वको पक्ष हो। त्यसैले सफा, सुन्दर पोसाक लगाउनु होस।

१५)सेतो सर्ट , टाइ र कालो पाइन्ट मा सजीएर जानुहोस।

१६) अन्तर्वार्ता कक्षमा प्रवेश गर्दा ढोकामा आवाज दीनुहोस। बोलाए पछि मात्र भित्र जानुहोस। मुस्कुराउदै भित्र जानूहोस। अन्तर्वार्ता अधीकृत एवं अन्य सदस्यलाई समय अनुसारको (नमस्कार सर/good morning /good afternoon /good evening ) भनी शीष्टाचार गर्नुहोस।

१७) यदी अन्तर्वार्ता अधीकृतले हात अघि बढाएमा हात मीलाउने तर त्यसो नगरेमा पहीले आफ्नो हात नदीनुहोला।

१८) अवस्य पनि अन्तर्वार्ता कक्षमा तपाईंको लागि कुर्सी हुने छ । तर तपाईंले अनुमती नपाए सम्म नबस्नु होला।

१९) अप्ठ्यारो महसुस नगर्नुहोस् ।

२०) प्रस्न ध्यान दीएर सुन्नुहोस। हतारमा जवाफ नदीनुहोस।

२१) यदी तपाइले प्रस्न बुझ्नुभएको छैन भने कृपया प्रस्न दोहोर्‍याउनुहोस, क्षमा गर्नुहोस भनेर भन्नुस।

२२)धेरै जोडले नबोल्नुहोस तर सुनीने गरि बोल्नुहोस।

२३) स्पस्ट र आत्मबीश्वासका साथ बोल्नुहोस।

२४) प्रत्येक शब्द शुद्ध र स्पष्ट बोल्नुहोस।

२५) धेरै छीटो वा ढीलो नबोल्नुस।

२६) तपाइको उत्तर छोटो र बुदात्मक हुन जरुरी छ। धेरै नबोल्नुस । धेरै बोल्नु भनेको आफ्ना कमजोरीहरु बताउनु हो।

२७) झुठो नबोल्नुहोस।

२८) नजानेको प्रस्नको उत्तर नदीनुहोस।

 विशेष गरि अमिन लिखित परिक्षामा उतिर्ण सम्पुर्णमा साथिहरुलाई सफल अर्नतवार्ताको शुभकामना ।

Comments

Popular posts from this blog

नेपाल-भारत सिमाको नयाँ प्रविधिबाट नापनक्सा गर्न संयुक्त सहमति

लोकसेवा आयोग कोशी प्रदेश अमिन पदको अर्न्तवार्तामा सोधिएका प्रश्नहरु-2082

घर/भवनको नक्सा पासका लागि के के कागजात चाहिन्छ ? जान्नुहोस