जग्गा नापी सेवा कहाँबाट कसरी लिने ?
जग्गाकाे नापी गर्नका लागी सम्बन्धित क्षेत्रकाे नापी कायार्लयबाट अमिन लैजानुपर्ने हुन्छ । हालकाे अवस्थामा भने नगरपालिका, गाउँपालिका, वडामा पनि अमिन हुने गर्छन । उनिहरूलाइ लगेर पनि जग्गाकाे नापजाँच गर्न सकिन्छ । कतिपय कन्सल्टेसीले पनि अमिनकाे सेवा प्रदान गरिरहेका हुन्छन, उनिहरूबाट पनि जग्गा नापजाँच गराउन सकिन्छ ।
नापी कार्यालय वा न.पा, गा.पामा गएर जग्गाकाे नापजाँचका लागि अमिनकाे सेवा लिन निवेदन दिनुपर्छ । अमिन सेवा लिएवापत निश्चित रकम राजश्व तिर्नुपर्ने हुन्छ । नापी कार्यालय वा न.पा, गा.पामा गएर जग्गाकाे नापजाँचका लागि अमिनकाे सेवा लिन निवेदन दिएकाे केहि दिनमा सम्बन्धित निकायका नापी प्राविधक जग्गा नापजाँचकाे लागी सम्बन्धित जग्गामा उपिस्थत हुने छन।

Comments
Post a Comment