प्रदेश लोकसेवा आयोग, कोशी प्रदेश अमिन पदको अर्न्तवार्तामा सोधिएका प्रश्नहरु १. परिचय २. गुठी भनेको के हो? गुठी जग्गा कति प्रकारका रहेका छन? ३. २ धुर सरकारी जग्गासङ्ग जोडिएर १० धुर ब्यक्तिको पुर्जावाला जग्गा रहेछ भने त्यो ब्यक्तिले २ धुर सरकारी जग्गा आफ्नो नाउँमा दर्ता गर्न सक्छकी नाई? ४. ४ आना जग्गामा कति वर्गफिट र बर्गमिटर हुन्छ? ५. सरकारी जग्गा र सार्वजनिक जग्गा भनेको के हो? ती दुई बिच के फरक छ? ६. स्थानीय तहमा जग्गा सम्बन्धी के के समस्याहरु हुन्छन? ७. Mean, Median, Mode भनेको के हो? ८. भूमि आयोगले सरकारी जग्गा दर्ता गर्न सक्छ? ९. levelling को उद्देश्य के हो ? १०. १:२५०० नक्साको माननापले के जनाउछ? ११. Gps को पूरा रुप के हो ? १२. Gps र Gnss बिच के फरक छ? १३. Traversing भनेको के हो? १४. Traversing किन गरिन्छ? १५. स्थानीय तह कति रहेका छन? १६. प्रदेश संख्या कति रहेका छन? १७. मौलिक हक भनेको के हो? १८. मालपोत संकलन कसले गर्छ? १९. independent Check भनेको के हो? २०. प्रतिशत भनेको के हो? २१. Horizontal र Vertical Control भनेको के हो? २२. संविधानको भाग १ देखि ५ सम्म के के ब्यवस्था गरिएको...
१. नक्सा पास भनेको के हो ? नक्सा पास किन गर्नुपर्छ ? कुनै पनि भवन निर्माण गर्नका लागि राष्ट्रिय भवन संहिताका साथै तहगत सरकारबाट तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरी गाउँपालिका तथा नगरपालिकाबाट कुनै व्यक्ति वा निकायलाई निर्माण हुने भवनको नाप, नक्सा, डिजाइन समेतको विवरण उल्लेख गरी निर्माण अनुमति दिने कार्यलाई नक्सा पास भनिन्छ । मूलतः नागरिकको सुरक्षा र आधारभूत सुविधा प्रत्याभूत गर्दै व्यवस्थित वस्ती विकास कार्यलाई सुनिश्चित गर्न नक्सा पास गरिन्छ । यसबाट नागरिकको वसोवासको अभिलेखका साथै नागरिकलाई उपलव्ध गराउनु पर्ने सेवा सुविधा समेत निर्धारण गर्न सहयोग पुग्दछ । २.नक्सा पास गर्ने प्रक्रिया के हो ? निवेदकले भवनको नक्सा सहित गाउपालिका वा नगर पालिकाले तोकेको ढाँचामा दरखास्त दिनुपर्छ । रितपूर्वक प्राप्त दरखास्त बमोजिम भवन निर्माणबाट संधियार कसलाई मर्का पर्ने भए विवरण खुलाई १५ दिनभित्र उजुर गर्नका लागि कार्यालयमा, संधियारको घरदैलोमा र भवन निर्माण हुने ठाउँमा सबैले देख्ने गरी सूचना टाँस गर्नुपर्छ । सूचनाको म्याद नाघेको ३ दिनभित्र नेपाल सरकारले तोकेको बस्ति विकास, शहरी योजना तथ...
असार ४ भूमि समस्या समाधान आयोग, ताहाचलद्धारा करार गरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासी समाधान सम्बन्धी कार्य गर्न शुक्लागण्डकी नगरपालिका तनहुँमा खटिएका अमिन श्री ताराप्रकाश खड्का मिति २०८२/०३/०३ गते दिउसो १:३० बजे देखी सम्पर्कविहिन भएका छन । देख्नुहुने महानुभावले नगरपालिकाको कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन शुक्लागण्डकी नगरपालिकाले अनुरोध गरेको छ ।
Comments
Post a Comment